FAQs Complain Problems

सिलबन्दी बोलपत्र/दरभाउपत्र आह्वानको म्याद थप सम्बन्धी सूचना

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

कपिलवस्तु नगरपालिका कार्यालय

तौलिहवा, कपिलवस्तु

सिलबन्दी बोलपत्र/दरभाउपत्र आह्वानको म्याद थप सम्बन्धी सूचना

प्रकाशित मिति २०७३/०२/०७ गते

कपिलवस्तु नगरपालिका कार्यालयको आर्थिक बर्ष २०७२/०७३ को लागि सडक बोर्ड नेपाल कार्यक्रम अन्तर्गत निम्न कार्य ठेक्कापट्टाद्वारा गराउनु पर्ने भएकोले निर्माण व्यवसायी ऐन, २०५५ अन्तर्गत दर्ता भएको ईजाजत प्राप्त ईच्छुक नेपाली निर्माण व्यवसायीहरुले अद्यावधिक नविकरण भएका ईजाजत पत्र, स्थायी लेखा नम्बर (PAN), मुल्य अभिबृद्धी कर (VAT), दर्ता प्रमाण पत्र तथा नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि र बोलपत्र फाराम दस्तुर वापतको रकम पछि फिर्ता नहुने गरी बुझाएको नगदी रसीद संलग्न राखी यो सूचना राष्ट्रिय दैनिक बुटवल टुडे पत्रिकामा प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र यस कार्यालयबाट खरिद गर्न सकिने छ । उक्त बोलपत्र खरिदको अन्तिम दिनको भोलीपल्ट दिनको १२ः०० बजे सम्म यस कार्यालयमा दर्ता गरी सक्नु पर्नेछ । उक्त बोलपत्र सोही दिनको २ः०० बजे यस कार्यालयमा खोलिने छ भनि मिति २०७३/१/८ गते प्रथम पटक राष्ट्रिय दैनिक बुटवल टुडे पत्रिकाको बर्ष ४ अङ्क १७४ को पृष्ठ सँख्या ७ मा सो सूचना प्रकाशित भएकोमा पुनः मिति २०७३/२/७ गते देखि मिति २०७३/२/१६ गते सम्मको लागि म्याद थप गरीएको हुँदा    उक्त बोलपत्र मिति २०७३/२/१६ गते आईतवार कार्यालय समय भित्र खरिद गर्न सकिने छ, सो खरिद गरिएको बोलपत्र २०७३/२/१७ गते दिनको १२ः०० बजे सम्म यस कार्यालयमा दर्ता गरी सक्नु पर्नेछ । उक्त बोलपत्र सोही दिनको २ः०० बजे यस कार्यालयमा खोलिने व्यहोरा समेत सम्बन्धितवर्गहरुमा जानकारीको लागि अनुरोध छ ।

कार्यकारी अधिकृत       
कपिलवस्तु नगरपालिका कार्यालय