FAQs Complain Problems

वडा नं. १०

हाम्रो नारा

"समृद्ध नगर खुसी नगरवासी, स्थिर र दिगो विकासको गति"

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट करिव ९ किलोमीटर उत्तर तर्फ पर्ने क.व.न.पा. वडा नं. १०, २७.६१ उत्तरी अक्षांश र ८३.११ देशान्तरमा अवस्थित रहेको छ | साविक निग्लिहवा गा.वि.स.को वडा नं. ४, ५, ७ र ८ को रुपमा रहेको यो वडा हाल स्थानीय तहको पुनर्संरचना संगै क.व.न.पा. मा समावेश भइ एउटा छुट्टै वडाको रुपमा क.व.न.पा. वडा नं. १० को रुपमा स्थापित भएको छ | राष्ट्रिय जनगणना २०६८ अनुसार यो वडाको कुल जनसंख्या ५२८० रहेको छ | हाल यो वडाको पुर्व र उत्तर तर्फ बाणगंगा नगरपालिका पश्चिममा कपिलवस्तु नगरपालिका वडा नं. ९ र दक्षिण कपिलवस्तु नगरपालिका वडा नं. ११ रहेको छ |

Population: 
६३२७
Ward Contact Number: 
9847593402